+
+
Shares

मन्त्री मानन्धरको सुझाव–कोरोनासँग नआत्तिनू, ज्ञानगुनका किताब पढ्नू

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते ९:३४

१४ चैत, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

नागरिकको जीवन रक्षाका लागि सरकारले लकडाउन गरेकाले त्यसको भने पूर्ण पालना गर्न उनले आग्रह गरे ।

‘सामान्य हेलचेक्राइँले विपद् आउनसक्न सक्छ । त्यसैले सतर्क रहनु उत्तम उपय हो,’ मन्त्री मानन्धरले भने, ‘सरकारको तर्फबाट आवश्यक प्रबन्ध मिलाइएकाले आत्तिनुपर्ने अवस्था छैन ।’

कोरोना भाइसर नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयले गरिरहेको तयारीमा साथ दिन मन्त्रालयले सात सदस्यीय समिति गठन गरेको उनले जानकारी दिए ।

बेद, पुराण, रामायण, महाभारतलगायतका हिन्दु ग्रन्थहरुमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगी देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ती पुस्तक अध्ययन गर्न सुझाए

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयार गरिएका स्थलहरूको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए ।

मन्त्री मानन्धरले काठमाडौं महानगरले किटनाशक औषधि छर्कने काम थालेको बताउँदै भित्री सहरमा पनि उक्त व्यवस्था मिलाइने जानकारी दिए । मन्त्री मानन्धरले आ–आफ्नो नगरपालिका र वडा कार्यालयमा क्वारेन्टाइन निर्माण र व्यवस्थापनलाई तीव्र पार्न देशभरका नगरपालिकाहरुलाई आग्रह समेत गरेका छन् । ठूला नदीका किनारका फराकिला स्थान र बजारहरुका खाली स्थानलाई पनि थप क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने मन्त्री मानन्धरको तर्क छ ।

समय अभावका कारण अध्ययन गर्न नपाएकाहरुलाई मन्त्री मानन्धरले धार्मीक ग्रन्थहरु र ज्ञानवर्दक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् । बेद, पुराण, रामायण, महाभारतलगायतका हिन्दु ग्रन्थहरुमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगी देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ती पुस्तक अध्ययन गर्न सुझाए । उनले त्रिपिटक, कुरान, बाइबललगायत विभिन्न धर्म ग्रन्थहरु समेत अध्ययन गर्न सुझाव दिए ।

मन्त्री मानन्धरले बालबालिकालाई योग, ध्यान र संस्कारका बारेमा व्यावहारीक ज्ञान दिलाउने अवसरका रुपमा लिन पनि अभिभावकलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?