Comments Add Comment

ज्याक मालाई रुसको धन्यवाद

काठमाडौं । रुसले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि आवश्यक स्वास्थ्य उपकरण सहयोग गरेकोमा चिनियाँ अर्बपति ज्याक मालाई धन्यवाद दिएको छ ।

ज्याक माले विश्वभर फैलिइरहेको कोरोना भाइरस नियन्त्रणका लागि १० लाखभन्दा बढी मास्क र २ लाख कोरोना भाइरस परीक्षण किट्स उपहार दिएका थिए । रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा ज्याक मालाई ‘वास्तविक मित्र’ भनिएको छ ।

अल जजिराले उल्लेख गरेअनुसार बिहीबार रुसले विज्ञप्ति निकलेर ज्याक मालाई धन्यवाद दिएको हो । बुधबार ज्याक माले मेडिकल उपकरण रुस पठाइएको बताएका थिए ।

बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कडाइका साथमा कदम चाले कोरोना भाइरसलाई रुसले दुईदेखि तीन महिनामा हराउने विश्वास व्यक्त गरेका छन् । अहिले रुसले सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । साथै राजधानी मस्कोको अधिकांश पसल बन्द गर्न निर्देशन दिइएको छ भने चर्चहरु पनि बन्द गराइएको छ ।

बिहीबार रुसमा १८२ नयाँ संक्रमित पाइएका छन् । नयाँ संक्रमितको यो संख्या एकैदिनमा बढेको अहिलेसम्मकै ठूलो संख्या हो ।

यससँगै रुसमा समग्र संक्रमितको संख्या ८४० पुगेको छ । ज्याक माले यसअघि मेडिकल उपकरण अफ्रिका मुलुकहरु र अमेरिकामा पठाइसकेका छन् । मास्क, भाइरस परीक्षण गर्ने किट्स र भेन्टिलेटरहरु ल्याटिन अमेरिका पठाउने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment