Comments Add Comment

अविवाहितलाई लकडाउनका फाइदा

लकडाउन । त्यसमाथि अविवाहित अनि एक्लो बसाई । कसरी समय कटाउने ? यदि तपाईं पनि यही कुरा सोचेर चिन्तित भैरहनु भएको छ भने त्यसो नगर्नुहोस् । किनभने तपाईं यो स्थितिमा अन्य धेरै त्यस्ता मानिसहरुभन्दा खुशी हुनुहुन्छ, जो सम्बन्धमा छन् अथवा विवाहित छन् ।

लकडाउनको अवस्थामा विवाहित जोडीको तुलनामा अविवाहित व्यक्तिहरु नै बढी खुशी हुने पाइएको छ । लकडाउन तथा वर्क फ्रम होमको स्थितिमा मानिसहरु आफैंलाई मनोरञ्जन गराउनका लागि नयाँ–नयाँ तरिकाहरु खोज्नमा सफल भैरहेका छन्, खासगरी ती व्यक्तिहरु, जो परिवारसंगै बसोबास गर्छन् । तर, त्यस्तो परिस्थितिमा सबैभन्दा बढी दिक्क लाग्दो अवस्था उनीहरुलाई भैरहेको हुन्छ, जो अविवाहित छन् अथवा एक्लै बस्छन् ।

त्यस्ता मानिसहरुसंग न त दिनभरी च्याट गर्नका लागि कोही विशेष व्यक्ति हुन्छ, न त परिवारका कुनै सदस्य नै हुन्छन्, जोसंग उनीहरु कुराकानी गरेर अथवा गेम खेलेर समय बिताउन सकून् ।

यो पनि पढ्नुहोस एक्लो जीवन मनमौजी !

यति हुँदा–हुँदै पनि सिंगल व्यक्तिहरुलाई के कुराको अनुभव हुँदैन भने उनीहरु आफ्नो जोडी अथवा परिवारका सदस्यहरुसंग बसेको भन्दा बढी खुशी छन् । कसरी ? आउनुहोस् जानौं ।

बिहान ढिलो उठ्ने

परिवारसंग बसोबास गर्ने व्यक्तिले जति नै योजना बनाए पनि बिहान ढिला सम्म सुत्न पाउनु असम्भव नै हुन्छ । तर अविवाहित तथा एक्लै बस्ने व्यक्तिलाई यो कुराको कुनै टेन्सन नै हुँदैन । उसले त जति बेलासम्म मन लाग्यो, उति बेला सम्म नै सुत्न पाउँछ । तपाईं कसैको प्रेममा समेत पर्नु भएको छैन भने त झनै गज्जब भयो ।

किनभने गुड नाइट, गुड मर्निङ बाबा, बेबी भन्नु पर्ने अथवा म्यासेज पठाउनु पर्ने टेन्सन नै भएन । हो, तर यदि तपाईंले वर्क फ्रम होमको जिम्मेवारी पाउनु भएको छ भने चाहिं तपाईं बिहान समयमै उठ्नु पर्ने हुन्छ । तर, यो स्थितिमा पनि तपाईं साविकको भन्दा बढी नै सुत्न पाउनु हुन्नछ । किनभने अफिस जानका लािग जुन समय निकाल्नु पर्छ, त्यो पनि अहिलेको अवस्थामा तपाईंकै हो ।

यो पनि पढ्नुहोस छाड्नुहोस्, अरुले के सोच्छन् ?

कसैले कराउँदैन

यो लुगा यहाँ किन राखेको ? मोजा खोलेर खुट्टा किन नधोएको ? खाजा खानलाई हातखुट्टा धुनु पर्दैन ? आदि आदि । घरमा कसैसंग लामो समयसम्म बसियो भने ठाकठुक त भइ नै रहन्छ । तर, तपाईं सिंगल हुनुहुन्छ भने त्यो झन्झटबाट तपाईं मुक्त हुनुहुन्छ । कपडा धुने, सुकेका कपडा उठाउने, खाना बनाउने, भाँडा माझ्ने आदि कामहरु तपाईलाई जति बेला मन लाग्यो, त्यति बेला गर्न सक्नु हुनेछ । तपाईंलाई जुन बेला नुहाउन मन लाग्छ, त्यही बेला नुहाए भयो । तपाईंलाई कराउने, अह्राउने कोही पनि हुँदैन ।

जे मन लाग्छ, त्यही खानुहोस्

ब्रेकफास्ट मनाउन मन लागेन भने के को चिन्ता ? तयारी खाजा नै खान सक्नु हुनेछ । फलफुल खान सक्नु हुन्छ, ओट्स अथवा कर्नफ्लेक्स र दूध नै खान सक्नु हुन्छ । यी बाहेक अन्य धेरै वटा विकल्पहरु छन् । केही विशेष खाने मन छ कि ? आफैंले कुनै नयाँ परिकार नै बनाउने कोशिश गर्न सक्नु हुनेछ ।

यो पनि पढ्नुहोस के तपाईं आफैलाई माया गर्नुहुन्छ ?

किनभने न त तपाईंले धेरै जनाका लागि खानेकुरा बनाउनु पर्छ, न त परिवारका अन्य सदस्यलाई तपाईंले बनँएको खानेकुरा मर्न पर्छ कि पर्दैन भन्ने कुरा सोच्नु पर्छ । यहाँ त खाना बनाउने पनि तपाईं, खाना खाने पनि तपाईं । त्यसैले तपाईंलाई जे पकाउन मन लाग्छ, त्यही खानेकुरा पकाउन सक्नु हुनेछ । तपाईंलाई उक्त परिकार बनाउन भने आउनु पर्छ । आफूले बनाएको परिकारलाई सामाजिक सञ्जालमार्फत आफ्ना साथीभाइलाई पनि देखाउन सक्नु हुनेछ ।

कामको बाँडफाँड पनि गर्नु पर्दैन

एक्लै बस्दा आफ्नो सबै काम आफैंले गर्नु पर्छ । तर, यसका दुःखी हुनु पर्ने कुरा के छ र ? उनीहरुको बारेमा सोच्नु होस् त, जो वर्क फ्रम होमको चक्करमा आफूसहित पुरै परिवारका सदस्यहरुको भागको काम पनि गर्नु पर्छ । मानौं, उनीहरुका बीच जिम्मेवारी बाँडिन्छ, त्यति बेला पनि एक जना व्यक्तिले धेरै नै काम गर्नु परिरहेको हुन्छ । उदाहरणका लागि भाँडा माझ्ने जिम्मा श्रीमान्को छ भने कपडा त तपाईंले नै धुनुपर्छ, त्यो पनि श्रीमान्–श्रीमतीकै अथवा पुरै परिवारका सदस्यको । अब भन्नुहोस्, केवल आफ्नो मात्रै काम गर्नु नै राम्रो हो कि होइन ?

मन लागेसम्म फिल्म हेर्नुहोस्, कुरा गर्नुहोस्

अफिसको काम सकियो, घरको काम सकियो । अब खालि समयमा किन फिल्म नहेर्ने ? कुन फिल्म हेर्ने भनेर सोच्दै हुनुहुन्थ्यो, परिवारका कुनै सदस्यले तपाईंलाई बोलाए अथवा गर्लफ्रेण्डको फोन आयो । त्यसपछि तपाईंको फिल्म हेर्ने योजना बिग्रन्छ । यदि, तपाईं एक्लै अथवा सिंगल हुनुहन्छ भने तपाईंलाई यी दुबै प्रकारका समस्याले सताउँदैन । यदि तपाईंलाई फिल्म हेर्नुका साटो टाढा बसोबास गर्ने अभिभावक, दाजुभाइ, दिदी–बहिनी, साथीमध्ये जोसंग कुराकानी गर्न मन छ, कुनै अवरोध बिना नै गर्न सक्नु हुनेछ ।

यो पनि पढ्नुहोस चेतन भगत-‘जिन्दगीलाई धेरै गंभिरतापूर्वक नलिनुहोस्’

आफ्नो मात्र चिन्ता

बजारमा सामान किन्ने बेलामा पनि आफ्नो लागि मात्र ठिक्क, चाहिने मात्र सामान किन्दा भयो । आफ्नो आवश्यकताको सामान मात्र किन्छु भन्दा पनि भयो । आफ्नो आवश्यकता अनुसारले ती सामानहरु उपभोग गर्दा पनि हुन्छ । त्यही बेला एक्लो व्यक्तिलाई उनका प्रेमि अथवा प्रेमिकाले सामान किने कि किनेनन् भन्ने कुराको चिन्ता पनि लिनु पर्दैन ।

झगडाको हुन्न टेन्सन

तपाईं एक्लै हुनुहुन्छ, त्यसैले तपाईंलाई रोक्ने–कराउने कोही पनि हुँदैन । कसैले भने अनुसारले काम गर्नु पर्ने बाध्यता पनि छैन । कसैका लागि भिन्नै समय निकाल्नु पर्ने टेन्सन पनि छैन । यस्तो अवस्थामा कसैसंग झगडा गर्ने भन्ने कुरै हुँदैन । सिंगलका लागि यो भन्दा ठूलो अर्को फाइदा शायदै अरु केही हुन्छ । लकडाउनका कारण कतिपय जोडिहरुका बीच मतभेद प्रारम्भ भैसकेका खबरहरु पनि सुनिन थालेका छन् । कतिपय देशमा त ब््रेकअप देखि डिभोर्ससम्मका खबरहरु आइरहेका छन् ।

किनभने आ–आफ्नो काममा व्यस्त भैरहने दुई व्यक्तिहरु जब रात–दिनसंगै बस्न थाल्छन्, उनीहरुबीच स–साना कुराका लागि समेत खटपत हुनु स्वभाविकै हो । त्यही बेला अफिसको काम सकेर आफ्नो लागि समय निकालेर घरको काममा पनि सहयोग गर्नु पर्ने बाध्यताले अझ तनाव दिनसक्छ । त्यस्तो बेलामा तपाईंं सिंगल हुनु भयो अथवा एक्लै बस्ने गर्नु भएको छ भने तपाईं कति खुशी हुनुहुन्थ्यो होला, कल्पना गर्नुहोस् त ।

लगाउनमा पनि स्वतन्त्रता

यदि तपाईं ठूलो परिवारमा बस्नु हुन्छ भने तपाईंले लगाउने लुगाका बारेमा अधिकांशको केही न केही टिप्पणी अथवा तर्क रहन्छ । तर तपाईं एक्लै बस्नु हुन्छ भने तपाईंले लगाउने लुगाको बारेमा कसैले कुरा काट्नै सक्दैन । किनभने तपाईंले बिहान लगाएको लुगामा दिन नै बिताइदिए पनि कसैलाई फरक पर्दैन । तपाईले ट्रयाकसूट लगाएर बसे पनि भयो, पैजामा लगाएर बसे पनि भयो ।

टिसर्ट र हाफ पाइन्ट लगाएर बस्दा पनि भयो अथवा तपाईंलाई जे लगाउन मन लाग्छ, लगाउँदा हुन्छ । किनभने तपाईंलाई कसैले पनि यो लुगा किन लगाएको, त्यो लुगा किन नलगाएको भनेर सोध्ने छैन । यसबीच तपाईं सिंगल नै हुनुहुन्छ भने त झनै आनन्द भयो । नत्र यदि तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ र घरमा एक्लै भएको बेला तपाईंको प्रेमि अथवा प्रेमिकाले भिडियो कल गरिन् र तपाईंले लगाएको लुगामा चित्त बुझाइनन् भने तपाईंलाई गाह्रो पर्न सक्छ । यदि तपाईं सिंगल नै हुनु हुन्छ भने त यो कुराको तनावबाट पनि बच्नु हुने भयो, हैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment