Comments Add Comment

जायन्ट क्लब रियल मड्रिड प्रश्नै प्रश्नको घेरामा

१४ चैत, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड सर्वाधिक युरोपियन च्याम्पियन्स लिग जित्ने एवं स्पेनिस ला लिगा पनि धेरै खेलहरु जित्नेमध्येमा पर्छ ।

विश्वका स्टार र नाम चलेका खेलाडी जम्मा पार्ने रियल अहिले भने प्रश्नै प्रश्नको घेरामा छ । यसै सन्दर्भमा स्पेनिस अनलाइन मार्काले प्रकाशित गरेको सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

कोरोना भाइरस महामारीको कारण विश्वभरका सबै फुटबल गतिविधिहरु रोकिएको छ । तर, क्लबहरु भने पर्दा पछाडि काम गरिरहेका छन्, जुन रोकिएको छ । यसमा रियल मड्रिड पनि फरक छैन । क्लबसँग अहिले धेरै प्रश्न छ । जसबारे सोच्नुपर्ने भएको छ र निर्णय पनि गर्नुपर्ने भएको छ ।

लुका मोडरिचको अनिश्चित भविष्य

रियल मड्रिडका कसैलाई थाहा छैन कि लुका मोडरिच अर्को सिजन सान्टियागो बर्नाबउमा रहनेछन् । यी क्रोएसिएन खेलाडीसँग एक वर्षको सम्झौता बाँकी छ । उनलाई अमेरिकाको मेजर लिग सकर इन्टर मायमीबाट पनि अफर आइरहेको छ । मायमी डेभिड बेक्ह्यामको क्लब हो ।

मोडरिच आफैं पनि अहिले अन्योलमा छन् । रियलको उनको स्थान बिस्तारै घट्दैछ । उनलाई पनि थाहा छ उनीसँग एक मात्र सम्झौता बाँकी छ । क्लब खेलाडीको निर्णयप्रति पूरा सम्मान गर्न पाए क्लब पनि खुशी हुनेछ । क्लबले उनलाई लेजेण्डको मान्यता दिनेछ र उनका अनुसार सम्मान गर्नेछ ।

अल्भारो ओड्रिजोला र अच्रफ हाकिमी : क्लब क्लियर छ त

रियल मड्रिड अच्रफलाई बोरुसिया डर्टमण्डबाट फिर्ता ल्याउन चाहन्छ । तर, उनी खेल्ने पक्का भए मात्र आउन चाहन्छन् ।

मोरोक्कोका यी खेलाडी भर्सटायल छन् । राइट र लेफ्ट ब्याक दुबैमा खेल्न सक्ने उनलाई भित्र्याउन पाउनु रियल मड्रिडको लागि उत्साहको कुरा हो । रियल मड्रिड अल्भारोले स्थायी रुपमा नै क्लब छाडोस् भन्ने चाहन्छ । तर, ४० मिलियन युरो खर्च गर्ने क्लब पाउन गाह्रो छ । जुन २०१८ मा रियलले खर्च गरेको थियो ।
लुका जोभिक खतरामा छन्

रियल मड्रिडले गत समर सिजनमा चाहेको जस्तो जवाफ सर्वियन खेलाडी जोभिक बन्न सकिरहेका छन् । उनको दुई गोल पर्याप्त छैन । उनले बिरलै खेल्न पाएका छन् र यो सिजन सकिनुअघिसम्म उनको परिवर्तन हुने अवस्था छैन । रियलले विकल्पको रुपमा एर्लिन हालान्डलाई हेरिरहेको छ । यस्तै रियलले जोभिकलाई इंग्लिस क्लबले चाहने आशा राखेको छ ।

गोलकिपरमा बहस

२०१९/२० देखि टिबाउट कोर्तवालाई फलो गर्नेको लागि यो केही होइन । तर, ब्याकअफ अप्सनका लागि अल्फोन्से अरेएला र एन्ड्रिए लुनिनबीच प्रतिस्पर्धा हुनेछ । कोर्तवा रियलको पहिलो रोजाइका गोलकिपर हुन् युक्रेनका लुनिन पनि दोस्रो रोजाइको गोलकिपरको होडमा अगाडि छन् । तर, त्यो तय भएको छैन ।
डोनी भान डे बिकबारे के हुन्छ ?

रियल मड्रिडले भान डे बिकलाई अनुबन्ध गर्न अयाक्ससँग मौखिक सहमति गरेको छ । तर, आगामी समरले रियल मड्रिडले उनलाई ल्याउन पूरा गर्छ कि गर्दैन हेर्न बाँकी छ । आयाक्स भने आफ्नो निर्णयमा अडिग छ । तर, रियलका प्रशिक्षक जिनेदिन जिदान रहिरहे उनले पउल पोग्वालाई ल्याउने प्रयास गर्न सक्नेछन् ।

मार्टिन ओडेगार्ड फर्केलान् ?

रियल मड्रिड नर्वेजियन ओडेगार्डलाई क्लबमा फिर्ता ल्याउन चाहन्छ । तर, ओडेगार्ड रियल फर्किने कि नफर्किने भन्नेमा पक्का छैनन् । उनी आउँछन् र खेल्छन् भन्नेमा पक्का छैन ।

उनी केही निर्णय गर्नुअघि प्रशिक्षकसँग सल्लाह गर्न चाहन्छन् । यता मड्रिडले पनि रियल सोसिडाडसँग छलफल गर्नुपर्ने हुन्छ । ओडेगार्डको सम्झौता सोसिडाडसँग अर्को सिजन पनि छ ।

डानी सेबालोससँग इतिहास दोहोरिएला

जिदानको अन्डरमा यी स्पानिस खेलाडीलाई कुनै स्थान थिएन । यदि युरोपियन च्याम्पियन खेल्न चाहे भने फ्रेन्चम्यानको अन्डरमा मड्रिडमा बस्न नसकिने सेबालोसलाई पनि थाहा थियो । उनी गत वर्ष एक सिजनका लागि आर्सनल गएका थिए । यदि उनी रियल फर्किए खेल्न पाउलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment