Comments Add Comment

नेकपाको विशेष सर्कुलर : भ्रम फिँजाउनेबाट जनतालाई सचेत बनाउनू

१४ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी पंक्तिलाई कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले गरेका निर्णयको पक्षमा जनतालाई सचेत गराउन र सघाउन निर्देशन दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार जारी गरेको विशेष परिपत्रमा कार्यकर्तालाई सम्भव भएसम्म स्वयंसेवी भूमिकामा रहनसमेत सुझाइएको छ ।

कोरोना भाइरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्नेमा संकिर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने प्रयास भइरहेकोतर्फ समेत नेकपाले कार्यकर्तालाई सचेत गराएको छ ।

परिपत्रमा भनिएको छ– सीमित साधन स्रोतका बाबजुद सरकारले गरेका प्रभावकारी कामहरुलाई समेत आलोचना गर्नेजस्ता नकारात्मक प्रवृत्तिहरु कतैबाट पनि प्रकट हुनु वाञ्छनीय हुँदैन ।

नेकपाले आफ्ना कार्यकर्ताले जो जहाँ छन त्यहि ठाउँमा रहेर लकडाउनमा जनतालाई सघाउने र विदेशबाट आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुलाई क्वारेन्टाइन र स्वास्थ्य परीक्षणका लागि पेरित गर्न समेत भनेको छ ।

हेर्नुस नेकपाको विशेष परिपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment