Comments Add Comment

तीन खान  : डेब्यु फिल्ममा कस्ता देखिन्थे ?

अहिले सलमान खानको नाम नै काफी छ । उनको नाम सुन्नसाथ प्रशंसकहरु भटाभट उनको फिल्मको नामदेखि उनको आनीबानी र जीवनशैली समेत भन्न सक्छन् । तर, जतिबेला उनी ‘बीबी हो तो ऐसी’ फिल्ममा काम गर्दै थिए, त्यसबेला उनलाई सलमान खान भनेर चिनिदैनथ्यो ।

बरु स्क्रिप्ट राइटर सालिम खानका छोरा भन्दा उनलाई चिन्न सजिलो हुन्थ्यो । सालिम खान बलिउडका चल्तापूर्जा नाम । सोले जस्तो ब्लकबस्टर फिल्मका सह–लेखक । तर, समयक्रममा सलमानले आफ्नो पिताको ख्यातीलाई माथ दिदै आफुलाई सुपरस्टार बनाए ।

अँ त, सुरुवाती चरणमा उनी कस्ता थिए ? पहिलो फिल्ममा अभिनय गरिरहँदा उनी कस्ता देखिन्थे ?

त्यसबेला सलमानको पर्सनालिटी अहिले जति बोल्ड र ड्यासिङ देखिन्छ, सुरुवाती चरणमा त्यस्तो थिएन । हुने कुरा पनि भएन ।

उनी अलि ख्याउटे देखिन्थे, फिल्म ‘मैने प्यार किया’सम्म पनि । यहि फिल्मबाट उनले सफलताको ग्राफ उक्लिएका हुन् । सलमानले डेब्यु गरेको फिल्म चाहि, बीबी हो तो ऐसी । १९८८ अगस्ट २६ मा रिलिज भएको यो फिल्ममा रेखा र फारुख सेखले अभिनय गरेका थिए ।

आमिर खानको पारिवारिक पृष्टभूमी पनि फिल्म नै हो । उनका पिता र काका दुबै निर्माता, निर्देशक ।

पिता ताहिर हुसेन फिल्म निर्माता र निर्देशक हुन् । काका नासिर हुसेन पनि फिल्म निर्देशक । तिनै नासिरको फिल्म ‘योदो की बारात’मा आमिरले बाल कलाकारको भूमिका खेलेका थिए । ‘कयामत से कयामत तक’सम्म आइपुग्दा उनले दुई वटा फिल्म खेलिसकेका थिए, तर बाल भूमिकामा । ब्लकबस्टर फिल्म कयामत से कयामत तकबाट आमिर हिरो बने ।

दुई खानमध्ये फरक पृष्टभूमी छ, शाहरुख खानको । वास्तवमा शाहरुख फिल्मी पृष्टभूमीका होइनन् । तर, निरन्तर संघर्ष र लगावले उनलाई बलिउड बादशाह बनाइदियो ।

एकताका विश्वकै सर्वाधिक धनी अभिनेताको सूचीमा दोस्रो नम्बरमा थिए, शाहरुख खान । फिल्मका साथै विज्ञापनबाट मनग्ये आर्जन गर्ने शाहरुख सामन्य परिवारबाट उदाएका हुन् । उनको पिता ताज मोहम्मद खान एक स्वतन्त्रता सेनानी थिए । आमा लतीफा फातिमा मेजर जनरल शाहनवाज खानकी छोरी थिइन् ।

शाहरुखले आफ्नो करियर टेलिभिजन धारावाहिकबाट सुरु गरे । पछि उनले ‘दीवाना’बाट बलिउड प्रवेश गरे । यो फिल्म बक्स अफिसमा निकै सफल रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment