+
+
Shares

गाउँपालिकाले मजदुरलाई खाद्यान्न दिने

रासस रासस
२०७६ चैत १५ गते ९:३५

१५ चैत, प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ ।

शुक्रबार आकस्मिक कार्यपालिका सदस्य र कर्मचारीको बैठक बसी मजदुरलाई खाद्यान्न पुर्याउने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए ।

गाउँपालिकाले वडाध्यक्षमार्फत आठ वटै वडाका ज्यालादारी मजदुरीको लगत सङ्कलन गरी खाद्यान्न दिने उनले बताए । पालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार परिवारका सदस्य हेरी २५ देखि ५० केजीसम्म चामल र पाँच केजी दाल दिइनेछ । कोरोना सङ्क्रमण बढेका समयमा नेपालसँगै जिल्ला नै लकडाउन भएका समयमा काम गर्न नपाएका मजदुरलाई केही राहत प्रदानका लागि यो निर्णय गरिएको हो ।
पालिकास्तरीय विपद् व्यवस्थापन कोषबाट रकम खर्च हुने गरी खाद्यान्न दिइने शर्माले बताए । वडाध्यक्षको समन्वयमा खाद्यान्न वितरण गरिने छ ।

नौबहिनी गाउँपालिकाले देश बाहिरबाट आएका व्यक्तिको लगत सङ्कलनको कामसमेत गरेको छ । पलिकाका आठ वडामा १५० व्यक्ति गाउँमा आएको स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिए । अन्य मुलुकबाट पालिका क्षेत्रमा आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न आग्रहसमेत गरेको उनको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?