Comments Add Comment

वर्षालाई चीन घुम्ने रहर

कोरोनाको सन्त्रासका कारण नेपाललाई पूर्ण रुपमा ‘लकडाउन’ गरिएको छ । सम्पूर्ण कलाकारहरु होम क्वारेन्टाइनमा बसिरहेका छन् । कोही चलचित्र हेरिरहेका छन् त कोही पुस्तक पढेर दिन कटाइरहेका छन् । नायिका वर्षा सिवाकोटीले भने फुर्सदको समयमा शारीरिक व्यायामलाई धेरै ध्यान दिएको छिन् ।

फुर्सदको समयमा वर्षा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आफ्नो व्यक्तिगत विषयदेखि कोरोनाको विषयमा पनि उनले अपडेट गरिरहेकी हुन्छिन् । यस्तैमा वर्षाले एक स्टाटस लेख्दै आफूलाई चीन घुम्न जाने रहर भएको उल्लेख गरेकी छिन् ।

उनले यो कोरोनाको तनाव सकिएपछि चीन जान मन भएको उल्लेख गरेकी हुन् । उनले लेखेकी छिन्, ‘सोचिरहेको छु, यो कोरोनाको टेन्सन सकियोस् । ७ दिन बिदा लिएर घरमा नै आराम गरुँ । अनि भ्याकेसनको लागि चीन घुम्न जाऊँ ।’

कोरोना भाइरस चीनबाट नै सुरु भएको हो । जसले विश्व महामारीको रुप लिएको छ । कोरोनाको उत्पत्ति भएको देशमा उनलाई घुम्ने रहर किनभयो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment