+
+
Shares

सनराइज बैंकले सातै प्रदेशमा पीपीई वितरण गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १६:०९

१५ चैत, काठमाडौं । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्र्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई २५-२५ थान दिएको छ ।

कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पीपीई दिएको हो ।

शनिबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेन्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गरे । साथै श्ाुक्रराज ट्र्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पीपीई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको जनाए ।

कार्यक्रममा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले यस्तो अवस्थामा सनराइज बैंकले सम्पुर्ण देश बासीलाई थोरै थोरै भए पनि मलम लगाउने उदेश्यले सातै वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण उपकरण वितरण गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?