+
+
Shares

पाटन अस्पतालमा सनराइज बैंकद्वारा उपकरण सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १३:३९

चैत १६, काठमाडौं । सनराइज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई दिएको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान पीपीई डा. विष्णु प्रसाद शर्मालाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका उल्लेखनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरिएको बताए ।

विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको छ । त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय रहेको बैंकले बताएको छ ।

‘यो कठिन परिस्थितिमा काम गरिरहनुभएका तमाम डाक्टर र नर्सहरुले हौसला प्रदान गर्न सानो सहयोग गरेका हौं,’ पौड्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?