
१६ चैत, काठमाडौं । सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ । चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर, अहिले पनि धेरैले त्यसलाई पालना गरेका छैनन् ।
साथै, पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझैपनि सरकारको सम्पर्कमा समेत आएका छैनन् ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।
‘संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दापनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनअनुसार कैद सजायसम्म गर्ने निर्णय भएको छ’ समिति सचिवालयका प्रवक्ता सचिव नारायण विडारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4