+
+
Shares

लकडाउनपछि के-कति अत्यावश्यक वस्तु आयात भए ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ चैत १६ गते १८:४१

१६ चैत, काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको अवधिमा पनि अत्यावश्यक वस्तुको आपूर्ति नियमित रहेको भन्सार विभागले जनाएको छ । नेपाल र भारत दुबैतर्फ लकडाउन रहेपनि आपूर्ति अवस्थाकै कारण बजारमा अभावको अवस्था नआउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

लकडाउन आरम्भ भएको पाँच दिनसम्मको अवधिमा डिजेल, पेट्रोल, खाद्यान्न, तरकारी, गेडागुडी, फलफूल, दुग्धजन्य पदार्थ, औषधिको कच्चा पदार्थ र तयारी औषधिको आयात नियमित रहेको महानिर्देशक दाहालले जानकारी दिए ।

विभागकाअनुसार पाँच दिनमा आठ हजार तीन सय ८० मेट्रिकटन एलपी ग्यास, तीन हजार छ सय ८० किलोलिटर डिजेल, तीन हजार पाँच सय चार किलोलिटर पेट्रोल, १० हजार ३१ मेट्रिकटन खाद्यान्न र तीन हजार आठ सय ९८ मेट्रिकटन तरकारी आयात भएको विभागले जनाएको छ ।

एक हजार तीन सय १४ मेट्रिकटन गेडागुडी, छ सय ८६ मेट्रिकटन फलफूल, ६ मेट्रिकटन दुग्धजन्य पदार्थ पनि आयात भएको छ । यस्तै, १२ करोड ४५ लाख बराबरको औषधिको कच्चा पदार्थ र २८ करोड ४१ लाख रुपैयाँ बराबरको तयारी औषधि मुलुकमा भित्रिएको विभागले जनाएको छ ।

पाँच दिनमा कच्चा तेल, प्लाष्टिक दाना, सोयविन जस्ता पदार्थ पनि केही मात्रामा आयात भएको विभागले जनाएको छ । तातोपानी र रसुवा भन्सार कार्यालयहरु मालवस्तु आएका बेला जाँचपास गर्न तयारी अवस्थामा रहेको पनि विभागले प्रष्ट पारेको छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?