Comments Add Comment

दुध,पाउरोटी एवं खाद्यन्नबाट कोरोना सर्न सक्छ ?

लकडाउनका लागि सरकारले हेल्पलाइन नम्बरहरु जारी गरिसकेको छ । डिपार्टमेन्टल स्टोरहरुले अनलाइन अर्डर गरिएको खण्डमा घरमै सामान ल्याइदिने बताइसकेको छ । विभिन्न सरकारी अस्पतालहरुले चिकित्सकहरुका मोबाइल नम्बर नै सार्वजनिक गरिसकेका छन् । त्यसैले सामान्य स्वास्थ जानकारीका लागि अस्पताल नै धाउनु पर्ने बाध्यता छैन । आफुलाई भएको समस्या अनुसारका चिकित्सकलाई घरमै बसेर फोन गर्न सकिन्छ ।

यसका साथै तपाईंले हेल्प लाइन नम्बरहरुमा फोन गरेर आवश्यक सामानहरु मगाउन सक्नु हुन्छ । यो बेला सकेसम्म पसल अथवा स्टोरहरु जानबाट बच्नु पर्छ । किनभने त्यस्ता स्टोर अथवा पसलमा दिनभरीमा धेरै किसिमका  मानिसहरु आउने जाने भैरहन्छ । यस्तो अवस्थामा संक्रमित हुने खतरा सबै भन्दा धेरै हुन्छ ।

भाटभटेननीसहितका ठुला डिपार्टमेन्टल स्टोरहरुले फोन अथवा सामाजिक सञ्जालमार्फत अर्डर लिरहेका छन् र सामान घरैसम्म पु¥याउने सुविधा प्रदान गरेका छन् ।

टोलमा पनि त्यस्तो सुविधा उपलब्ध छ भने त्यस्ता सुविधाको उपयोग गर्नुहोस् र बाहिर निस्कनुबाट बच्नु पर्छ । कुनै आवश्यक कामका लागि बाहिर जाँदै हुनु हुन्छ भने मास्क लगाउन बिर्सनु हुँदैन । यसको साथै जानु अगाडि र बाहिरबाट आएपछि राम्रोसंग साबुन पानीले हात धुनु आवश्यक छ ।

बजार अथवा पसलमा सामाजिक दूरीको नियम राम्रोसंग पालना गर्नु पर्छ । यदि तपाईंले त्यहाँ भिड देख्नु भयो भने त्यहाँ जानबाट बच्नु पर्छ । यसको साथै आफु टाढा रहेर आफ्नो पालोको प्रतिक्षा गर्नु पर्छ ।

नगदी लेनदेनमा संक्रमणको सबैभन्दा बढि खतरा हुने भएकाले नगदी भन्दा डिजिटल भुक्तान गर्नु उपयु्क्त हुन्छ । यदि तपाईंले कोहिसंग नगदी लेनदेन गर्नु नै परेमा पैसालाई हातमा लिनु र दिनु अगाडि हात राम्रोसंग सफा गर्नु पर्छ ।

यदि तपाईं हरेक दिन बिहान नजिकैको किराना पसलबाट दुध, बे्रड अथवा अन्य कुनै सामान लिन जाँदै हुनु हुन्छ भने आफुसंग कपडाको झोला लिएर जानु अत्यन्त आवश्यक छ । यसो गर्नाले संक्रमणको खतरा धेरै हदसम्म कम हुन्छ ।

बाहिरबाट पोकाको दूध लिएर घरमा आएपछि त्यो दुधको पोकालाई सफा पानीमा धोएरमात्र भान्सा भित्र लैजानु उचित हुनेछ । यसबाहेक बाहिरबाट आएपछि तपाईं आफैंले पनि साबुन पानीले हात धुन बिर्सनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment