+
+
Shares

निजी स्कुलले एक महिनाको शुल्क लिन नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते २१:५१

१६ चैत, काठमाडौं । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।

यो निर्णय आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवास बाहेक अरु छुट दिनुपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?