Comments Add Comment

गौरमा घरमै खाद्यान्न पुर्‍याउने सेवा सुरु

फाइल फोटो ।

१७ चैत, रौतहट । लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले खाद्यान्न पसल समेत बन्द गराएपछि गौरमा होम डेलिभरी अर्थात् घरमै सामान पुर्‍याउने सेवा सुरु भएको छ ।

उद्योग वाणिज्य संघ गौरको पहलमा ११ वटा खाद्य पसलमार्फत् सर्वसाधारणलाई होम डेलिभरीको व्यवस्था मिलाइएको संघका अध्यक्ष पण्डित जयसवालले बताए । कोभिड-१९ को जोखिम कम गर्न होम डेलिभरी सेवा सुरु गरेको उनले बताए । गौर नगरपालिका क्षेत्रभित्र खाद्यान्न पुर्‍याएबापत बिल अनुसार भुक्तानी गर्न समेत उनले सर्वसाधरणसँग आग्रह गरेका छन् । खाद्यान्न आवश्यक पर्ने उपभोक्ताहरुका लागि पसलको नाम र मोबाइल नम्बर सार्वजनिक गरिएको उनले बताए ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिमबाट बच्नका लागि स्थानीय प्रशासनले १६ चैत्रदेखि अर्को आदेश नभएसम्मको लागि ‘सट डाउन’ गरेको छ । जसका कारण अन्य दिन जसरी बिहान र बेलुका हुने मानिसको भिड बन्द भएको छ । खाद्यान्न पसलहरु सञ्चालन गर्न दिँदा बजारमा स्थानीयको भिड बढ्न थालेपछि प्रशासनले ‘सट डाउन’ गरेको हो ।

अत्यावश्यक औषधि खरिदका लागि भने रोक नलगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment