+
+
Shares

सडक तथा चोकमा तरकारी बेच्न भक्तपुर नगरपालिकाले लगायो प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते १९:०२

१७ चैत, काठमाडौं । भक्तपुर नगरपालिकाले मूल सडक तथा चोकमा तरकारी राखेर बेच्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर राख्दै नगरपालिकाले प्रत्येक वडामा तरकारी बजारका लागि स्थान तोकेसँगै सडक किनारा र चोकमा तरकारी बेच्न प्रतिबन्ध लगाएको हो  ।

चैत्र १९ गतेदेखि लागू हुनेगरी दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूल सडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गर्ने निर्णय भएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगर कार्यपालिकाको सोमबार बसेको बैठकले अत्यावश्यक कार्यका लागि एक घरबाट एक जना मात्र बाहिर निस्कन सकिने गरी वडा कार्यालय मार्फत् अनुमति पत्र वितरण गर्ने निर्णय समेत भएको उनले बताए ।

नगरपालिकाले तरकारी बजारका लागि तोकेका स्थानहरुः-

वडा         तरकारी बजार राखिने स्थानहरु:-

१             वडा कार्यालय अगाडिको बसपार्क क्षेत्र
२             नःपुखुको उत्तरतर्फको खुला ठाउँ, ठूलो व्यासी, सानो व्यासी
३             तापालाछी, कोलाछेँ, देगमना, खौमा
४             गःहिटी, तालाक्व, भुलाँचा
५             खलाँ ल्योसिँख्यो, त्रिपुरासुन्दरी
६             चोेछेँ, भोलाछेँ चौबाटो, देकोचा
७             वाँचु टोल, याता, जगाति चोक
८             लिवाली (ख्वप इन्जिनियरिङ कलेज जाने चोक), जेलाँ
९             याताछेँ, वाँचु हिटी
१०           लाँचा फल्चा, महालक्ष्मी मन्दिर वरपर, कमलविनायक पोखरीको दक्षिणतिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?