+
+
Shares

बारा र पर्सामा लकडाउन उल्लंघन गर्ने ८ जना पक्राउ

६८ मोटरसाइकल प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते २०:५७
फाइल फोटो ।

१७ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने क्रम अझै रोकिएको छैन । पर्सा र बारामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ जनालाई नियन्त्रणमा लिएका छन् । पर्साबाट २ जना र बाराबाट ६ जना पक्राउ परेका हुन् ।

पर्सामा पक्राउ परेका दुबैलाई सम्झाई-बुझाई गरेर साँझ छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी वीरेन्द्र शाहीले जानकारी दिए ।

बारामा पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बाराले जनही १/१ सय रुपैयाँ जरिवाना लिएर छाडिएको डिएसपी गौतम मिश्रले जानकारी दिए ।

पर्साबाट १८ वटा मोटरसाइकल र बाराबाट ५० वटा मोटरसाइल नियन्त्रणमा लिई सवारी धनीसँग जरिवाना लिएर मोटरसाइकल छाडिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?