Comments Add Comment

अमेरिकामा कोरोना संक्रमित संख्या चीनको भन्दा दोब्बर

१८ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या चीनको भन्दा दोब्बर पुगेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६४ हजारभन्दा धेरै पुगेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा मृतकको संख्या १ लाखभन्दा कममा राख्नु मुलुकको ठूलो उपलब्धि हुने बताएका छन् ।

पहिलो पटक कोरोनाको संक्रमण्ना देखिएको चीनमा भने यो संख्या ८२ हजार मात्र छ । सुरुवातमा चीनमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएका थिए । तर चीन पछिल्लो समय अन्य मुलुकको तुलनामा कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको छ ।

यद्यपि वुहानमा एक नयाँ संक्रमण देखिएको छ । वुहानमा पछिल्लो एक सातामा कुनै नयाँ संक्रमण देखिएको थिएन ।

यस्तै चीनमा सोमबार ४८ नयाँ संक्रमित देखिएका छन् । यी सबै मानिस विदेशबाट फर्किएका मानिस हुन् । हुबेई प्रान्तमा कोरो भाइरसको कारण एक व्यक्तिको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment