+
+
Shares

भारतमा एकैदिनमा थपिए २२७ नयाँ संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १०:५९

१८ चैत, काठमाडौं । एक सातादेखि लकडाउनमा रहेको भारतमा दुई सय २७ नयाँ संक्रमित फेला परेका छन् । यो भारतमा कोरोना संक्रमण देखिपछि एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमितको संख्या हो ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा संक्रमितको संख्या पनि एक हजार दुई सय ५१ पुगेको छ भने ३२ जनाको ज्यान गइसकेको छ ।

२७ राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन गरेको भारत सरकारले देशमा कोरोना भाइरस अहिले दोस्रो चरणमा रहेको बताएको छ ।

यो चरणमा विदेशबाट आएका मानिसको सम्पर्कमा आउने मानिसलाई यो भाइरसको संक्रमण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?