
१८ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने भएको छ ।
आयोगले चालू आर्थिक वर्षकोे कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमहरु बाहेक अन्य कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । र, त्यसका लागि विनियोजित बजेट रकममध्ये दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको हो ।
यो रकम कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा प्रयोग गर्न आयोग सरकारलाई आग्रह गरिएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न सबैलाई अपील गरेको छ । आयोगले भनेको छ, ‘कोभिड–१९ विरुद्ध प्रभावकारी रुपमा लड्ने कार्यमा सरकारलाई आवश्यक सहयोग पुर्याउन आग्रह गर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4