+
+
Shares

प्रदेश २ मा आइपुगेन कोरोना परीक्षण गर्ने उपकरण

संघीय सरकारले प्रदेश २ मा पठायो स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १२:२३

१९ चैत, जनकपुरधाम । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ सरकारलाई कोरोना भाइरस रोकथामका लागि पठाएको सामग्री जनकपुरधाम आइपुगेको छ ।

ट्रकमार्फत ल्याइएको ती सामग्रीमा कोरोना संक्रमणको परीक्षण गर्ने उपकरण भने छैन । केन्द्र सरकारले पठाएका सामग्री सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको छ ।

मन्त्रालयले प्रदेश २ लाई १० हजार थान सर्जिकल मास्क, ४ सय थान एन–९५ मास्क, २० हजार थान पञ्जा, १० थान थर्मल गन र स्वास्थ्यकर्मीले लगाउने १ हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पठाएको व्यवस्थापन केन्द्रका सहनिर्देशक श्रवण नायकले जानकारी दिए ।

उनले पाँच किसिमको कोरोनाविरुद्वको उपकरण केन्द्रमै राखिएको र मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशका जिल्लाहरुमा पठाउने बताए ।

संघीय सरकारले कोरोना जाँच गर्ने मेसिन पनि यहाँ पठाउने आफूले सुनेको बताउँदै नायकले ती मेसिनसहित अन्य उपकरणपछि आउने जानकारी पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?