Comments Add Comment

फोहोर उठाउन निजी कम्पनीहरुको असहयोग

१९ चैत, काठमाडौं । काठमाडौंमा फोहोर उठाउने धेरै निजी कम्पनी सम्पर्कविहीन भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको समयमा फोहोर उठाउने जिम्मा लिएका निजी कम्पनी भागेका हुन् ।

काठमाडौं महानगरपालिकाका निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव राजेश्वर ज्ञवालीकाअनुसार कतिपय सम्पर्कमा नै छैनन् भने कतिपयले विभिन्न बाहना बनाएर फोहोर संकलनको काम गरेका छैनन् । तुरुन्तै फोहोर उठाउन सचेत गराइए पनि अटेर गरेको उनले बताए ।

अहिले काठमाडौं महानगरपालिकाभित्र करिब २५ वटा कम्पनीले प्रतिमहिना २५० देखि ३०० रुपैयाँसम्म शुल्क लिएर फोहोर उठाउने गरेका छन् । अझ ठूला व्यवसायिक ग्राहकको फोहोर उठाउँदा त्योभन्दा चर्को शुल्क असुलिन्छ ।

तर लकडाउनको समयमा कामदार नपाएको, जोखिम बढेकोलगायतको बाहना बनाएर फोहोर उठाउन आनाकानी गरेका छन् । ‘यस्ता कम्पनी महानगरमा दर्ता छैनन्, ल्यान्डफिल्ड साइटमा प्रतिट्रक ३ सय रुपैयाँबाहेक राजश्व पनि तिर्दैनन्’ निमित्त सचिव ज्ञवाली भन्छन्, ‘फोहोरबाट पैसा कमाए पनि अप्ठ्यारोको बेलामा असहयोग गर्नेलाई अब त्यतिकै छाड्न सकिँदैन ।’

अहिले फोहोर नउठाई बसेका कम्पनीलाई लकडाउनलगत्तै कारवाही गर्ने महानगरपालिकाले बताएको छ ।

ज्ञवालीकाअनुसार कम्पनीहरु नपुगेका क्षेत्रमा अहिले महानगरपालिका आफैंले सेवा दिइरहेको छ । बुधबार मात्रै १७१ ट्रक फोहोर सिसडोल पुगेको थियो ।

तै पनि विभिन्न ठाउँमा फोहोर नउठेका गुनासो आइरहकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment