Comments Add Comment

सप्तरीमा पटनाबाट फर्किएका ८ जना क्वारेन्टाइनमा

१९ चैत, सप्तरी । सुनसरी, सप्तरी र सिराहा जिल्लाबाट भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मुस्लिम धार्मिक सभा (जमात) मा सहभागी हुन हिँडेका तर त्यहाँसम्म नपुगी फर्किएका आठ जनालाई सप्तरीको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा पाँच जना सुनसरीका, दुई जना सप्तरीका र एक जना सिराहाका छन् ।

दिल्ली जमातमा जान भन्दै पटनासम्म पुगेर फर्केका उनीहरुलाई सप्तरीको बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्रा माविको क्वारेन्टाइनमा राखिएको छ । पटना पुगेपछि भारतमा रेल नचल्दा आफूहरु दिल्ली जान नसकेको क्वारेन्टाइनमा रहेकाहरुले बताएका छन् ।

उनीहरु नेपाल फर्किँदा यहाँ पनि लकडाउन लागू भइसकेको थियो । सप्तरीको बेल्ही नाकाबाट नेपाल फर्किने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनसम्म पुर्‍याएको हो ।

बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐयुब राइनले उनीहरुलाई गत चैत १६ गते क्वारेन्टाइन ल्याइएको जानकारी दिए । अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै राइनले तत्काल कोरोनासम्बन्धी लक्षण नदेखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment