
१९ चैत, गोरखा । पालुङटार नगरपालिका-६ कालामाटाका ६८ वर्षीय बाबुराम थापा मगर मृत अवस्थामा फेला परेका छन् ।
मंगलबार साँझ सोही वडाको आँपचौरस्थित मर्स्याङ्दी नदीमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी दुई गतेबाट परिवारको सम्पर्कमा थिएनन् । माछा मार्न गएका व्यक्तिहरुले गुरुङको शव नदीमा देखेपछि प्रहरीलाई खबर भएको डीएसपी वासुदेव खतिवडाले बताए ।
गुरुङको शव पोस्टमार्टम् पश्चात् परिवारजनलाई बुझाइएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4