Comments Add Comment

कोरोना भाइरसबाट विश्व प्रख्यात वैज्ञानिकको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृत्यु भएको हो ।

प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी निमोनियाको कारण क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् । उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् । साथै, उनले क्षयरोग (टीबी) रोकथामका लागि पनि काम गरेकी थिइन् । जसबाट उनले विश्वभर ख्याती कमाएकी थिइन् ।

चीनको वुहानबाट गत डिसेम्बरको अन्तिममा देखिएको कोभिड–१९ को महामारी अहिले विश्वभर फैलिएको छ । जोन्स हप्किन्स यूनिभर्सिटीकाअनुसार कोरोना भाइरसबाट विश्वभर संक्रमित हुने मानिसको संख्या आठ लाख ७७ हजार नाघिसकेको छ । समग्र मृत्यु हुने मानिसको संख्या पनि ४३ हजार ५ सय नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment