Comments Add Comment

कोरोना प्रतिकार्य बैठक रेञ्जर गणमा

२० चैत,  काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनाको छाउनी स्थित महावीर गण (रेञ्जर) हाताभित्र ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)स्थापना गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा नेपाली सेनाको प्रबन्ध रथी र स्वास्थ्य मन्त्रालयका १२ औं तहका प्रतिनिधिहरूको समन्वयकारी भूमिका रहनेगरी सेन्टर स्थापना गरेको हो ।

कार्यालय स्थापना, प्रारम्भिक सूचना प्रणालीको विकास, अत्यावश्यक जनशक्तिको व्यवस्थापन र स्थायी कार्यविधिहरूको मस्यौदा विकास गर्ने कार्यसम्पन्न भइसकेको सीसीएमसीले जनाएको छ ।

कोभिड–१९ विरुद्धको प्रतिकार्य गर्नका लागि उच्चस्तरीय निर्देशक समितिको मातहतमा, सहजीकरण समिति अन्तर्गत् रहेर प्रतिक्रियालाई प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्न सीसीएमसी स्थापना गरिएको हो ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले मंगलबार निरीक्षण भ्रमण गरेर सीसीएमसीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आवश्यक निर्देशन दिए ।

उनले सीसीएमसीले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरेको तयारी र प्रगति प्रतिवेदन लगायतका भावी योजनाबारे जानकारी दिएका थिए ।

केन्द्रको मुख्य काम

सीसीएमसीलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सरोकारवालाहरूको संयुक्त समूहहरूमार्फत् कोरोना भाइरसविरुद्ध एकिकृत रुपमा सबै प्रकारका प्रतिकार्यहरू सञ्चालनको अधिकार दिइएको छ ।

यस्तै, व्यक्तिहरूको ट्रयाकिङ, ट्रेसिङ र टेस्टिङ गर्ने, क्वारेन्टाइन, आइसोलेसन र उपचार, केन्द्रदेखि स्थानीयस्तरसम्म एउटै ‘चेन अफ कमाण्ड’ स्थापना गरी मृतकहरूको शव व्यवस्थापनामा तीब्र गतिमा प्रतिकार्य पनि जिम्मेवारी पनि सीसीएमसीलाई नै दिइएको छ ।

केन्द्रिकृत नियन्त्रण र विकेन्द्रिकृत कार्यान्वयनमार्फत् श्रोत साधनको उपयोग, यकिन गर्ने, नेपालमा कोरोना भाइरसको अवस्थाको सुक्ष्म अनुगमन गर्दे रणनीति र कार्यनीति तर्जुमा पनि यही केन्द्रले गर्ने भएको छ ।

आफ्नो कामलाई स्वास्थ्य सेवा तथा उपचार, औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति सेवा, शान्ति सुरक्षा अनुगमन र नियन्त्रण कार्य र सूचना तथा प्रविधि कार्यहरूमा केन्द्रित गर्ने सीसीएमसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment