+
+
Shares

चितवनका केरा किसानको चिन्ता : लकडाउन लम्बिए बर्बाद

सुवास पण्डित सुवास पण्डित
२०७६ चैत २० गते १३:५५

२० चैत, चितवन । विष्णुहरि पन्थले ४० बिघामा लगाएको मालभोग केरा अबको १५-२० दिनमा तयार हुन्छ । अहिलेको जस्तै विषम परिस्थिति लम्बिए केरा उत्पादन खत्तम हुने चिन्ताले उनलाई सताउन थालेको छ । वार्षिक ३० लाख भाडाको जमिनमा लाखौं लगानी गरेर तयार पारेको केरा बेच्न नपाए आर्थिक रुपमा डुबिने उनले बताए ।

चितवन जिल्लामा वार्षिक करिब डेढ अर्ब रुपैयाँको केरा उत्पादन हुन्छ । करिब सात सय किसानले तीन हजार विघामा केरा खेती गरेका छन् । ९५ प्रतिशत जति मालभोग जातको केरा लगाइएको छ । मालभोग बेच्ने सिजन वैशाखदेखि साउनसम्म हो । कोरोना भाइरसको संक्रमणबाट बचाउन सरकारले गरेको लकडाउन लम्बिए केराले सयौंलाई रुवाउने अर्का किसान यज्ञ सुवेदीले बताए‍।

२२ बिघा जमिनमा केरा खेती गरेका चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो कदाचित लकडाउन लम्बिए सरकारले केरा निर्यातमा सहजीकरण गर्नुपर्ने माग गरे । अर्का किसान मेघनाथ भट्ट लकडाउन खुलेपछि पनि भारतीय केरा निर्यात रोक्नुपर्ने बताउँछन् । चितवनमा आठवर्ष अघि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत् केराखेती प्रर्वद्धन गरिएको थियो ।

संघका अध्यक्ष महतो केरा खेतीमा किसानहरुको करिब एक अर्ब लगानी भएको बताउँछन् ।  उनका अनुसार तीन सय किसानको १२ सय बिघा केरा खेतीको बीमा गरिएको छ । यहाँ उत्पादित केरामध्ये ५५ प्रतिशत काठमाण्डौं जान्छ । बाँकी नारायणगढ, पोखरा, बुटवल, भैरहवा, गोरखा र हेटौंडामा खपत हुन्छ ।

नेपालमा आठ प्रजातिका केरा हुन्छन् । जसमध्ये मालभोग, जिनाइन र विलियम तीन प्रजातिको केराको व्यवसायिक खेती गरिन्छ। केराको मुख्य दुई सिजन हुन्छ । चैत-वैशाखदेखि साउन-भदौसम्म मालभोगको उत्पादन बढी हुन्छ । भदौदेखि माघसम्म विलियम र जिनाइन उत्पादन हुन्छ ।

तराईको पानी नजम्ने ठाउँमा केरा उत्पादन राम्रो हुन्छ । २५ डिग्री सेल्सियसभन्दा माथि तापक्रप हुने ठाउँ केरा खेतीका लागि बढी उपयुक्त हुन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?