+
+
Shares

सीमा नाका खोल्न सर्वोच्चले दिएन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १६:३०

२० चैत, काठमाडौं । सर्वोच्च अदालतले भारतीय भूमिमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्किन सीमा नाका सञ्चालनको लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सीमा नाका निर्बाध सञ्चालनका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । रिट निवेदक श्रेष्ठले नेपाल प्रवेश गर्न सयौं नेपाली नागरिक भारतीय भूमिमा पर्खेर बसेको भन्दै सीमा नाका निर्बाध सञ्चालनका लागि अन्तरिम आदेश माग गरेका थिए ।

सर्वोच्च सीमा नाका सञ्चालन गर्न अन्तरिम आदेश माग गर्दै यसअघि पनि रिट दायर भएको थियो । उक्त रिटमा २४ गते सुनुवाई हुँदैछ । दुबै एकै प्रकृतिको विषय भएकाले एकै दिन सुनुवाई हुने ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?