+
+
Shares

गोरखामा दुईवटा एम्बुलेन्स प्रहरी कार्यालयमा ‘स्ट्याण्डवाई’

एम्बुलेन्स नपाए फोन गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १७:३९

२० चैत, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले कार्यालय परिसरमा दुईवटा एम्बुुलेन्स तयारी अवस्थामा राख्न थालेको छ । भनेको समयमा एम्बुलेन्स नपाउने बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स राखिएको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।

‘बिरामीले आवश्यक परेको समयमा एम्बुलेन्स नपाएको फेरि एम्बुलेन्स चालकले बिरामी बोक्न पनि नमानेको भन्ने गुनासो बढ्यो,’ उनले भने, ‘त्यही समस्या समाधानका लागि यो अभियान सुरु गरेका हौं ।’

एम्बुलेन्स नपाएमा प्रहरीको फोन नम्बर १०० मा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् । एम्बुलेन्स सञ्चालक समितिसँग समन्वय गरेर उक्त कार्य सुरु गरिएको एसपी अधिकारीको भनाइ छ ।

‘एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेको र यात्रु बोकेको भन्ने गुनासो पनि आएको छ, त्यसका लागि हामीले आवश्यक निगरानी र चेकजाँच गरिरहेका छौं,’ उनले भने ।

प्रहरीले त्यस्तो भेटिएमा कारबाही गर्ने चेतावनी दिएको छ । जिल्लामा हालसम्म अनुमति लिएर सञ्चालनमा रहेको एम्बुलेन्सको संख्या ४५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?