
२० चैत, काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको दशौं दिन ललितपुरमा ११ जना इन्डोनेसियन भेटिएका छन् ।
उनीहरू बुधबार इमाडोल मस्जिदमा पुगेका थिए ।
लकडाउनका बेला अचानक विदेशी नागरिक आइपुगेपछि मस्जिदमा बस्नेहरू त्रसित बनेका थिए । उनीहरूले स्थानीय प्रशासनलाई जानकारी दिएका थिए ।
११ जनालाई क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको छ । यद्यपि कहाँको क्वारेन्टाइनमा राख्ने बन्ने टुंगो लागिसकेको छैन ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले उनीहरू नेपालमा लकडाउन भन्दा पहिला नै आएको पाइएको जानकारी दिए ।
११ जनाको ज्वरो सामान्य रहेको पाण्डेयले बताए । उनीहरू २१ जनवरी र ११ फ्रेबरीमा नेपाल प्रवेश गरेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4