Comments Add Comment

भरतपुरमा पनि कोरोना परीक्षण ल्याब स्थापना गरिने

२० चैत, चितवन । चितवनको भरतपुरस्थित राष्ट्रिय पन्क्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना परीक्षण ल्याब स्थापना गरिने भएको छ ।

सरकारले सातै प्रदेशको राजधानी पश्चात चितवनको भरतपुरमा नोवेल कोरोना भाइरस (कोभिड-१९)को नमूना परीक्षण प्रयोगशाला (ल्याब) स्थापना गर्ने भएको हो ।

भरतपुर महानगरपालिकाले कोरोना परीक्षणका लागि ल्याब निर्माण गर्न अग्रसरता लिएपछि सरकारले कोरोना परीक्षणका लागि ल्याब सञ्चालनमा ल्याउन लागेको हो ।

बिहीबार स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशाला र राष्ट्रिय पन्क्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरको निरीक्षण गरेको थियो ।

प्राविधिक टोलीमा नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनाल, प्रा.डा. गिरिराज त्रिपाठी, भाइरोलोजिष्ट विमलेश झा र सुलभ आचार्य रहेका थिए ।

प्राविधिक टिमले छलफल पश्चात राष्ट्रिय पन्क्षी रोग अन्वेषण प्रयोगशाला भरतपुर नै उपयुक्त हुने निष्कर्ष निकालेपछि आरटी पीसीआरसहितको कोरोना भाइरस (कोभिड-१९)को नमुना परीक्षण प्रयोगशाला (ल्याब) सोही स्थानमा स्थापना गर्ने निर्णय भएको हो ।

उनका अनुसार तत्कालका लागि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा रहेको आरटी पीसीआर मेसिनलाई ल्याएर प्रयोगमा ल्याइने छ । यस्तै, अन्य उपकरण र जनशक्ति तयार पारेर छिट्टै ल्याब सञ्चालनमा ल्याइने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

कोरोना संक्रमणको स्क्रिनिङ, ओपिडी तथा आइसोलेनसका लागि तयार गरिएको भरतपुर कोरोना अस्पताल र भरतपुर अस्पतालमा बिरामीको स्वाब गाडीमा राखेर टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाउँदा झन्झटिलो र रिर्पोटसमेत ढिलो आएकोले ल्याब स्थापना पछि यो समस्या समाधान हुने विश्वास लिइएको कोरोना रोगविरुद्ध जिल्ला समन्वय समितिका संयोजक विजय सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment