Comments Add Comment

धनुषामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

२१ चैत, काठमाडौं । धनुषाको मिथिला नगरपालिका-६ मगरटोलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका-५ का २६ वर्षीय अजयकुमार मण्डल रहेका छन् ।

मण्डलले चलाएको प्रदेश २-०२-००२ प १६५७ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment