+
+
Shares

औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १८:१५

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै त्यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् ।

‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य छैन,’ देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’

मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको देउवाको आरोप छ ।

लकडाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्ट्राचार प्रकरणले सहजता पाउनसक्ने कांग्रेसको आशंका छ । त्यसैले सम्बन्धित संवैधानिक निकायले चनाखो भइ काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस सबैखाले अनियमितता र बेथितिविरुद्ध निरन्तर उभिने, तर संकटसँग जुध्न निरन्तर सरकारको साथमा रहने देउवाको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले ओम्नी समूहसँग गरेको एक अर्ब भन्दा बढीको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द गरेर खरिदको जिम्मेवारी सेनालाई दिइसकेको छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?