Comments Add Comment

स्वास्थ्य मन्त्रालयले भन्यो-पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन

'शंकास्पद भयो भने थप नमूना लिइन्छ'

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा

२१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ ।

पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहोर्‍याएर हेर्ने गरिएको उनले बताए ।

प्रवक्ता देवकोटाले पोखराको सन्दर्भमा दिएको प्रतिक्रिया उनकै शब्दमा यस्तो छ–

यो अलिकति के हुँदोरहेछ भन्दा अहिले हामीले प्रदेशमा (ल्याब) विस्तार गर्‍यौं। प्रदेशमा मेसिनहरु गएको छ, रिजेन्टहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ ।
मतलव, संख्याचाहिँ यथेष्ठ रुपमा गरेर, पोजेटिभ, नेगेटिभको संख्याहरु आएर अन्त पनि भेरिफाइड भयो भने यो सब सिस्टम ठीक छ भनेर यो एउटा सामान्य गतिविधि हो ।

यसमा फेरि त्यहाँ परीक्षण हुने, त्यसपछि फेरि हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने, यो दोहोरो भयो भन्ने कुरा पनि केहीले उठाउनुभएको छ, त्यसो हुँदैन । यो चाहिँ भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिजेन्टहरु मिल्ने कुरालाई हेर्दाखेरि केही नमूनाहरु हामीले रि (पुनपरीक्षण) गर्नुपर्ने हुन्छ ।

त्यो भनेको हाम्रो निर्णयहरु, हाम्रो परीक्षणको नतिजाचाहिँ कंक्रिट होस् भन्नलाई हो, यो सधैंभरि गर्नुपर्दैन । केही समयका लागि हुन्छ ।

यसले गर्दाखेरि कुनै केस शंकास्पद भयो भने त्यहाँ (प्रदेशमा) पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ, थप नमूना लिइन्छ ।
यो प्रोसेस भइसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौं । त्यो हिसाबले त्यहाँ पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ ।

प्रदेश भन्छ पोजेटिभ, केन्द्र भन्छ नेगेटिभ

गण्डकी प्रदेशमा कोराना भाइरसको प्रगोगशाला स्थापना भएपछि प्रदेशस्तरीय कोरोना रोकथाम समितिका संयोजक मन्त्री किरण गुरुङले एकजनामा पोजेटिभ रिपोर्ट देखिएको अनलाइनखबरलाई बताएका थिए ।

पछि उनैले फेसबुकमा स्टाटस लेखेर आफ्नै प्रतिक्रियाको खण्डन गरे ।

त्यतिमात्र होइन, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको आधिकारिक बेवसाइटमै कुल संक्रमितको संख्या ७ भनेर अपडेट गरिएको थियो । र, त्यही आधारमा मिडियाहरुले पोजेटिभ रिपोर्ट आएको समाचार दिए ।

तर, स्वास्थ्य मन्त्रालयले बेलुका ४ बजे गरेको पत्रकार सम्मेलनमा आजका मितिसम्म पोजेटिभ रिपोर्ट नभेटिएको भन्दै मेसिनहरुको भ्यालिडेसनको कुरोसमेत उठायो ।

हेर्नुहोस् मुख्यमन्त्री कार्यालयको वेबसाइटको स्क्रिनशट, जुन अहिले प्रदेश सरकारले हटाएकाे छ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment