+
+

कोरोना सम्बन्धी जानकारी लिन प्रहरीले सञ्चालनमा ल्यायो मोबाइल एप

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १६:४४

२१ चैत, काठमाडौं । नेपाल प्रहरीले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी जानकारी लिन मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यसअघि अपराध, हिंसा तथा दुर्घटनाबारे प्रयोगकर्ताहरुबाट जानकारी लिन प्रयोगमा ल्याएको ‘नेपाल पुलिस मोबाइल एप’लाई नै अपडेट गरिएको हो ।

योसँगै एप प्रयोगकर्ताले कोरोना भाइरस सम्बन्धी सूचना प्रहरीलाई रिपोर्ट गर्न सक्नेछन् ।

लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा एपमार्फत् प्रहरीलाई रिपोर्ट गर्न सकिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?