Comments Add Comment

स्मार्टडोकोले किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्ने

२२ चैत, काठमाडौं । स्मार्टडोकोले लकडाउनको क्रममा किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्ने भएको छ । सेलपे मार्फत् लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क दिनेछ ।

हालको विश्वव्यापी स्वास्थ्य संकट कोरोना भाइरसको महामारी स्थितिमा जहाँ सम्पूर्ण राष्ट्र बन्द छ। स्मार्टडोको एक अनलाइन सपिङ मेगा स्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरिसकेको छ ।

सरकारले विश्वव्यापी स्वास्थ्य संकटको घडीमा घरमै सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिएको छ र सर्वसाधारणलाई दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुहरु खरिद गर्न पनि असहज भएको छ ।

यद्यपि, अब व्यक्तिहरूले किराना सामान, बच्चाको सामान, हृयुमिडि फायरहरू, एयर प्युरिफायरहरू र अन्य आवश्यक वस्तुहरू स्मार्टडोकोबाट सजिलैसँग अर्डर गर्न सक्नेछन् ।

हाल डिलिभरी काठमाडौं उपत्यकाभित्र मात्र रहेको छ । स्मार्टडोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र इ-सेवामार्फत कारोबार गर्न मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment