+
+
Shares

केएल दुगड समूहद्वारा कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री वितरण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते १७:५८

२१ चैत, काठमाडौं । केएल दुगड समूहले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७, १४ तथा १५ मा चार सय परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

प्रतिपरिवार चामल १० केजी, चक्की आटा दुई केजी, दाल एक केजी, चना एक केजी र धारा तोरीको तेल एक लिटर गरी कुल १५ केजीको फेमिली प्याक बनाएर वडाका गरिब, असहाय, अपाङ्गता भएकालाई वडा कार्यालयको समन्वयमा वितरण गरिएको हो ।

उक्त खाद्य सामग्री वितरणमा वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । कोरोना महामारीले गर्दा कोही पनि परिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यले वडा कार्यालयले पहिचान गरेका दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने, असहाय र गरिब परिवारलाई खाद्य सामग्री वितरण गरिएको केएल दुगड समूहका प्रदीप छाजेडले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?