Comments Add Comment

वाक–वाक लाग्नु र बान्ता हुनु पनि कोरोनाको लक्षण हुनसक्छ ?

देश र संसारमा अहिले केवल कोरोना भाइरसको महामारीको चर्चा चलिरहेको छ ।

यो भाइरस धेरै फैलन नपाओस भनेर अहिले विभिन्न देशहरुका साथ–साथै नेपालमा पनि सरकारले लकडाउन गरेको छ ।

लकडाउन भएको पनि आज १२ दिन बितिसकेको छ । यसको साथै नेपालमा पनि संक्रमितहरुको संख्या दिन–दिनै बढिरहेको छ । नेपालमा आजमात्रै थप ३ जना नयाँ संक्रमितहरुको केश अगाडि आएको छ ।

कोरोना भाइरससंगै यसका लक्षणहरुका बारेमा पनि दिन–दिनै चर्चा भैरहेको छ । विभिन्न रिपोर्ट  तथा विश्व स्वास्थ्य संगठनका अनुसार ज्वरो आउनु, सुख्खा खोकी लाग्नु तथा घाँटि खसखसाउनु कोरोना भाइरसका विभिन्न लक्षणहरुमध्येका सामान्य लक्षणहरु हुन् ।

अहिले कोरोना भाइरसका अन्य विभिन्न लक्षणहरु पनि देखा पर्न थालेका छन्, जसमा स्वाद र बासना थाहा नहुने पनि रहेकोे छ । अहिले आएर मानिसहरुमा बान्ता आउनु र वाक–वाक लाग्नु पनि कोरोना भाइरसको लक्षण हुन् ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

कोरोना भाइरस रोग २०१९ मा विश्व स्वास्थ्य संगठन र चीनले एउटा साझा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणका अनुसार, कोरोना भाइरसको एउटा मात्र विशेष लक्ष्ँण छैन । धेरै मानिसहरुमा यसको कुनै पनि लक्षण नै देखिंदैन भने कति मानिसहरुमा निमोनिया जस्तो देखिन्छ भने कतिको त ज्यान पनि जान्छ ।

यी सामान्य लक्षणहरु बाहेक कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुलाई वाकवाक लाग्ने र बान्ता हुने लक्षण पनि देख्न सकिन्छ भन्ने कुरा सर्वेक्षणमा पाइएको छ । तर, यी लक्षणहरु सामान्य लक्षण भने होइनन् ।

सामान्य लक्षण बाहेक विभिन्न समयमा संक्रमित व्यक्तिलाई बान्ता र वाक–वाक लाग्ने समस्या हुन सक्छ भन्ने कुरा उक्त रिपोर्टमा भनिएको छ ।

यस्तो अवस्थामा बान्ता आउला जस्तो हुनु र आत्तिनु पनि कोरोना भाइरसका लक्षणहरु हुन् । तर यस्तो लक्षण धेरै कम व्यक्तिमा मात्र देखिन सक्छ ।

२०२० को २० फेव्रुअरीसम्म ५५ हजार ९ सय २४ संक्रमित मानिसहरुको स्याम्पलहरुम सर्वेक्षण गरिएको थियो । जसमा ज्वरो (८७.९प्रतिशत) सुख्खा खोकी (६७.७ प्रतिशत), थकान (३८.१ प्रतिशत),  सास फेर्नमा समस्या (१८.६), घाटी  खसखसाउनु (१३.९ प्रतिशत), टाउको दुख्नु (१३.६ प्रतिशत), मांसपेशी र हड्डिको पीडा (१४.८ प्रतिशत), जाडो भएको महसुस हुनु (११.४ प्रतिशत), बान्ता हुनु (५.० प्रतिशत), नाक बन्द हुनु (४.८ प्रतिशत), पखाला लाग्नु (३.७ प्रतिशत), थुकमा रगत देखिनु (०.९ प्रतिशत) र कन्जक्टिभाइटिस हुन (०.८ प्रतिशत) जस्ता लक्षणहरु देखिएका थिए ।

यो रिपोर्टमा के पनि भनिएको छ भने ६० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरुलाई यो बिरामीबाट बढी खतरा छ । साथै ती मानिसहरु जो हाइपरटेन्सन, मधुमेह, मुटुका बिरामी, स्वासप्रस्वासका बिरामी अथवा क्यान्सरसंग जुधिरहेका छन् ।

कोरानो भाइरसको माहामारीबट संक्रमित मानिसहरुको संख्या हरेक दिन तिब्र गतिले बढिरहेका छन् । तर, यसका बाबजूद डराउनु पर्ने आवश्यकता छैन । यो भाइरसबाट संक्रमित अधिकांश मानिसहरु आराम, औषधि तथा तरल पदार्थहरुले नै ठिक भैरहेका छन् । यसका साथै आवश्यक सावधानिहरु जस्तै हात हुनु, मास्क लगाइरहनु तथा आफ्नो वरपरका ठाउँहरु सफा राखेर पनि तपाईं यो बिरामीबाट आफूलाई तथा आफ्नो परिवारलाई सुरक्षित राख्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment