फिस्टुला, अंगहरु अथवा नशाहरुको बीच हुने एक असमान्य जोड हो । यसले त्यस्ता दुई अंगहरु अथवा नशाहरुलाई जोडिदिन्छ, जुन प्राकृतिक रुपले जोडिएका हुन्नन् । जस्तो आन्द्रा अथवा छालाको बीचमा, योनी तथा मलाशयको बीचमा फिस्टुला हुने सम्भावना हुन्छ ।
फिस्टुलाका केही प्रकारहरु हुन्छन्, तर यसका सबैभन्दा प्रचलित प्रकार हो एनल फिस्टुला ।
एनल फिस्टुला एउटा सानो नली समान हुन्छ, जुन आन्द्राको अन्त्यको भागलाई गुद्द्वारको नजिकैको छालासंग जोडिदिन्छ । यो साधारणतया त्यो बेला हुन्छ, जब कुनै संक्रमण सही तरिकाले ठिक भएको हुँदैन । अधिकांश एनल फिस्टुला तपाईंको गुद्द्वारको नलीमा पीप जम्मा भएर हुन्छ । उक्त पीप छालाबाट आफैं पनि बाहिर निस्कन्छ अथवा यसका लागि शल्यक्रियाको आवश्यकता पनि पर्न सक्दछ । एनल फिस्टुला त्यो बेला हुन्छ, जब पीप छालाबाट बाहिर आउनका लागि बनाइएको बाटो खुल्लै हुन्छ अथवा त्यो राम्ररी ठिक भएको हुँदैन ।
फिस्टुलाका प्रकार
फिस्टुलालाई निम्न लिखित आधारमा वर्गीकरण गरिन्छ ।
—सामान्य तथा जटिल
एक अथवा एकभन्दा बढि फिस्टुला भएकोलाई सामान्य अथवा जटिल फिस्टुलाको रुपमा वर्गीकृत गरिन्छ ।
—कम अथवा बढि
फिस्टुला भएको ठाउँ तथा स्फिन्कटर मांशपेशीहरु (मलद्वारलाई खोल्ने र बन्द गर्ने मांशपेशी) को दुरीका आधारमा यसलाई कम अथवा बढि भनेर वर्गीकृत गरिन्छ ।
फिस्टुलाका लक्षण
—मलद्वारमा पटक–पटक फोडा आउनु
— मलद्वारका वरपर दुख्नु अथवा सूजन हुनु
—दिशा गर्दा दुख्नु ।
—रक्तश्राप
— गुद्द्वारको छेउबाट गन्हाउने रगत मिसिएको पीप आउनु (पीप निस्किएपछि दुखाई कम हुन सक्छ)
—पटक–पटक पीप निस्किन थालेपछि गुद्द्वारको वरपरको छालामा जलन हुनु ।
—ज्वरो, चिसो लाग्नु अथवा थकान महसूस हुनु ।
—कब्जियत हुनु ।
—सूजन हुनु आदि ।
यदि तपाईंलाई पनि यीमध्ये कुनै लक्षण देखिए भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ ।
फिस्टुलाको कारण तथा चुनौतीहरु
अधिकांश फिस्टुला मलद्वारमा फोडा भएपछि हुने गर्दछ । यो त्यो बेला हुनसक्छ, जब फोडाबाट पीप निस्किएपछि त्यो ठिक हुँदैन । के अनुमान लगाइन्छ भने हरेक दुईदेखि चार व्यक्ति, जसलाई गुद्द्वारमा फोडा आउँछ, तीनलाई फिस्टुला हुन्छ ।
यसका केही असमान्य कारणहरु यसप्रकार छन् :
—एउटा लामो समयदेखि चलिरहेको एउटा त्यस्तो रोग, जसमा पाचन तन्त्रमा सूजन हुन्छ ।
—ठूलो आन्दाको पत्रमा बन्ने थैलीहरुको सूजन ।
—मलद्वारको छेउछाउको छालामा फोडा आउनु तथा दाग बस्नु ।
—क्षयरोग अथवा एचआईभी संक्रमित हुनु ।
—मलद्वारको नजिक गरिएको कुनै शल्यक्रियाको जटिलता ।
फिस्टुलाका कारक तत्वहरु
फिस्टुलाको निम्न लिखित कारक तत्वहरु हुन सक्छन्
—शुगर (मधुमेह)
—धुम्रपान गर्नु
—मदीरापान
—मोटोपना
—एचआईभी
— मलद्वारमा विगतमै चोट लाग्नु
—विगतमा मलद्वारको वरपरको क्षेत्रमा रेडिएशन थेरापी गरिनु ।
फिस्टुलाबट कसरी बच्ने ?
यदि तपाईंलाई एक पटक फिस्टुला भएको छ भने निम्न लिखित तरिकाबाट भविष्यमा यसबाट बच्नु हुनेछ ।
प्रसस्त फाइबर
यदि तपाईंलाई कब्जियत छ, कडा दिशा आउँछ भने तपाईंलाई फिस्टुला हुने सम्भावना अत्यधिक हुन्छ । तपाईंले खानपिनमा प्रसस्त मात्रामा फाइबर लिनु पर्छ । खासगरी फलफूल तथा सब्जिहरुको सेवनले तपाईं कब्जियतबाट बच्न सक्नु हुनेछ ।
जबसम्म तपाईंलाई मुलायम तथा पहिलाको भन्दा बढि दिशा आउन कम हुन्छ, त्यो बेलासम्म फाइबरको सेवनलाई बिस्तारै बढाउँदै लैजानु पर्छ । साथै प्रसस्तमात्रामा पानी पिउनु पर्छ, जसबाट पेटमा सूजन अथवा ग्याष्ट्रिक नहोस् ।
तरल पदार्थको सेवन
तरल पदार्थको अत्यधिक सेवनले कब्जियतबाट बच्न सकिन्छ । किनभने यसले दिशालाई नरम बनाउँछ र दिशा गर्न पनि सजिलो हुन्छ । गर्मीको मौसममा तथा अत्यधिक शारीरिक गतिविधिहरु गरेपछि अत्यधिक तरल पदार्थ पिउनु पर्छ । अधिक मात्रामा मदीरा तथा कफि पिउनाले शरीरमा पानी कम हुन सक्छ ।
ब्यायाम गरौं
कब्जियत हुने सबैभन्दा सामान्य कारण भनेको कम शारीरिक गतिविधिहरु हुनु पनि हो । हरेक दिन कमसे कम तीस मिनेटसम्म व्यायाम गर्ने प्रयास गर्नु पर्छ, जसले तपाईंको पाचन प्रणाली राम्रो हुनेछ र तपाईं फिट रहनु हुनेछ ।
दिशालाई लामो समयसम्म नरोकौं
जब तपाईंलाई दिशा गर्न मन लाग्छ, त्यहि बेला नै दिशा गर्नु पर्छ । यदि त्यही बेला दिशा गर्नु भएन भने भविष्यमा त्यस्तो मन लाग्ने सम्भावना घट्न सक्छ । तपाईंले दिशालाई जति लामो समयसम्म रोक्नु हुनेछ, त्यो त्यत्ति नै सुख्खा तथा कडा हुने सम्भावना हुन्छ । जसबाट दिशा गर्न गाह्रो समेत हुन्छ ।
अन्य बानीहरु
निम्न लिखित तरिकाहरुले कब्जियतको समस्यालाई कम गर्न सकिन्छ र गुद्द्वारको नलीको तनावलाई कम गर्न सकिन्छ ।
१. ट्वाइलेटमा दिशा गर्नका लागि प्रसस्त समय लिने, तर धेरै समयसम्म ट्वाइलेटमा बसिरहनु पनि हुँदैन ।
२. दिशा गर्नका लागि धेरै बल नगर्ने ।
३. मलद्वारको क्षेत्रलाई सुख्खा राख्ने ।
४. हरेक पटक दिशा गरेपछि आफूलाई राम्ररी सफा गर्ने ।
५. नरम खालको ट्वाइलेट पेपर प्रयोग गर्ने ।
फिस्टुलाको उपचार
फिस्टुलाका लागि शल्यक्रियाकै आवश्यकता पर्दछ, यसलाई औषधीले ठिक पार्न सकिंदैन ।
एउटा सामान्य फिस्टुलाका लागि चिकित्सकले फिस्टुलाको नलीको छाला तथा वरपरको माशंपेशीहरुमा एउटा चीरा बनाएर घाउ भर्ने काम गर्छन् । सामान्य फिस्टुलालाई गुद्द्वारको मांशपेशीलाई हानी नपु¥याइ ठिक बनाउन सकिन्छ भने जटिल फिस्टुलालाई ठिक गर्ने क्रममा जोखिम समेत बढ्छ ।
यदि स्थित जटिल छ भने फिस्टुलाको उपचारका लागि चिकित्सकले त्यसको प्वालमा एउटा ट्यूब हाल्छन् । त्यसलाई सेटन भनिन्छ र त्यो एउटा रबरको हुन्छ । सेटलले संक्रमित तरल पदार्थलाई सोस्ने काम गर्छ । यसका लागि छ हप्ता अथवा तयो भन्दा बढि समय लाग्न सक्छ ।
फिस्टुलाको स्थानको आधारमा चिकित्सकले तपाईंको गुदद्वारको मांशपेशीलाई काट्न सकेत सक्दछन् । चिकित्सकहरुले उक्त मांशपेशीलाई हानी नपु¥याउने कोशिस समेत गर्छन् । यद्यपि, शल्यक्रियापछि दिशालाई नियन्त्रित गर्नमा कठिनाइ हुन सक्छ ।
फिस्टुलाको शल्यक्रियापछि बिरामीको विशेष हेरचाह गर्नु पर्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।
—फिस्टुलाको शल्यक्रियापछि चिकित्सकद्वारा भनिएको पेन किलर तथा एन्टिबायोटिक्स औषधी सेवन गर्नु पर्छ । आफ्नो खुशीले औषधी पसलमा गएर औषधी किन्नु हुँदैन ।
—दिनमा तीनदेखि चार पटक तातो पानीले नुहाउनु पर्छ ।
—फिस्टुला ठिक हुने बेलासम्म आफ्नो गुद्वारमा प्याड लगाउनु पर्छ ।
—चिकित्सकले भने पछि मात्र आफ्नो दैनिक जनजीवनका कामहरु गर्नु पर्छ ।
—फाइबरयुक्त खानेकुरा र प्रसस्त मात्रामा तरल पदार्थको सेवन गर्नु पर्छ ।