Comments Add Comment

कोरोना रोकथाम गर्न इन्द्रावती गाउँपालिकाले खडा गर्‍यो कोष

२३ चैत, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले ५० लाख रुपैयाँको कोष खडा गरेरको छ ।

गाउँपालिकामा रोग फैलिन नदिनका लागि कोरोना रोकथाम कोष स्थापना गरी पूर्व तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

आफैसँग कोष खडा गर्न रकम पर्याप्त नभएकाले संघीय, प्रदेश र विभिन्न स्रोत जुटाएर कोषको सुरुआत गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

कोषको रकम विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्वतयारीका लागि खर्च गरिने अध्यक्ष वंशलालले बताए ।

इन्द्रावतीले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पीपीई, सेनिटाइजर, मास्कलगायत सामग्री वितरण गरिसकेको छ ।

गाउँपालिकामा रहेका स्थानीयलाई पनि स्वास्थ्य सामग्री वितरण भएको अध्यक्ष तामाङले जानकारी दिए । आवश्यक परेको खण्डमा थप सामग्री वितरण गरिने उनको भनइ छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment