Comments Add Comment

न्युयोर्कमा एकैदिन ६३० को ज्यान गयो, अमेरिकाभर साढे ८ हजारकाे मृत्यु

२३ चैत, काठमाडौं । अमेरिकाको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र मानिने न्युयोर्क राज्यमा अवस्था थप भयावह बनेको छ । त्यहाँ एकैदिन ६३० मानिसको मृत्यु भएको छ भने झण्डै इटलीभर देखिए बराबरको कोरोना संक्रमित भेटिएका छन् ।

न्युयोर्क राज्यमा कोरोनाबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै उच्च संख्या हो । योसँगै कोरोनाबाट त्यहाँ ज्यान जानेको कुल संख्या तीन हजार तीन सय ६५ पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार, न्युयोर्क सिटीमा संक्रमणदर पनि ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार, यो राज्यका मात्रै एक लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् ।

यो संख्या झण्डै इटलीभर फेला परेको कोरोना संक्रमितको संख्याभन्दा मात्रै ११ हजार छ सय ३२ ले कम हो । न्युयोर्क स्टेटका गभर्नर एन्ड्रिउ कुमोले ४ र १४ दिनमा संक्रमण थप बढ्ने बताएका छन् ।

कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका तीन लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने ८ हजार ४ सय ९६ मानिसको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment