+
+
Shares

एप्पलको नयाँ आइफोन- नाम iPhone SE 2020, मूल्य ३९९ डलर

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते १४:०८

अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।

अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर, ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै एप्पलले ल्याउने नयाँ आइफोनको नाम आइफोन एसइ २०२० हुने दाबी गरेको छ ।

नाइन टु फाइभ म्याकको रिपोर्टअनुसार, एप्पलले २०१६ मा बजारमा ल्याएको सस्तो मूल्यको आइफोन एसइकै नयाँ संस्करणको रुपमा एसइ २०२० रहनेछ ।

के के हुनेछन् फिचर्स ?

एप्पलको अफिसियल अनलाइन स्टोरमा आइफोन स्क्रिन प्रोटेक्टरको सूची दिइएको छ । जसबाट पनि एप्पलको नयाँ फोनको नाम आइफोन एसइ नै हुने देखिन्छ । उक्त स्क्रिन प्रोटेक्टरलाई आइफोन सेभेन र आइफोन एटमा पनि प्रयोग गर्न सकिनेछ । यसबाट के पुष्टि हुन्छ भने नयाँ आइफोन एसइ मा ४.७ इन्चको डिस्प्ले हुनेछ ।

रिपोर्टअनुसार, नयाँ आइफोनमा २ सय ५६ जिबीसम्मको स्टोरेज उपलब्ध हुनेछ ।

आइफोन एसइ २०२० तीनवटा रङमा आउनेछ । जसमा कालो, सेतो र रातो हुनेछन् । यसमा आइफोन ११ मा प्रयोग गरिएको ए १३ बायोनिक चिपसेट प्रयोग हुनेछ ।

एप्पलको सस्तो आइफोनको रुपमा आउने आइफोन एसइ २०२० को मुल्य तीन सय ९९ डलर हुने बताइएको छ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?