+
+
Shares

श्रीलंकाका करिब तीन हजार कैदी रिहा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते १५:५४

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि श्रीलंकाले दुई हजार नौ सय ६१ कैदी रिहा गरेको छ ।

श्रीलंकाका राष्ट्रपति गोताभय राजपाक्षले पछिल्लो दुई सातामा उनीहरुलाई रिहा गरिएको बताएका हुन् ।

अल जा जीराले उल्लेख गरेअनुसार, सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले अहिले रिहा गरिएका कैदीहरुमा सामान्य किसिमको अपराधमा अधिकांश सजाय भुक्तान गरिसकेका कैदी रहेको बताएका छन् ।

उनीहरुलाई ससर्त रिहा गरिएको हो । श्रीलंकाले कोरोना भाइरस नियन्त्रणको लागि मार्च २० यता मुलुकभर कफ्र्यु लगाएको छ । भाइरसको कारण अहिलेसम्म श्रीलंकामा पाँच जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ का संक्रमितको संख्या पनि एक सय ६६ पुगेको छ ।

श्रीलंकामा कैदीबन्दी राख्ने क्षमता १० हजार रहेकोमा अहिले कैदीको संख्या २६ हजार नाघिसकेको छ । गत साता सरकारले भाइरस रोक्न सरकारले गरेको कडाइ गरेसँगै त्यसको विरोधमा कैदीहरुले आन्दोलन गरेका थिए । उक्त आन्दोलनको क्रममा दुई कैदीको मृत्यु भएको थियो । सरकारले भाइरस नियन्त्रणको लागि भन्दै श्रीलंकाले कैदीहरुलाई भेट्न रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?