+
+
Shares

खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाको रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते १६:४२

२३ चैत, काठमाडौं । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका सबै ९४ जनामा कोरोना संक्रमण नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा बसेका ९४ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको बताए ।

नेपाल सरकारले विदेशी विमानहरुलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि अटेर गरी थाई एयरवेज, एयर इन्डिया, सिल्क एयर लगायतका विमानहरुले नेपालमा यात्रुहरु ल्याएका थिए । ती विमानका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

यसअघि चीनको वुहानबाट उद्धार गरी खरिपाटीमै राखिएका १७५ जना नेपालीहरुको पनि स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?