Comments Add Comment

पर्साका क्वारेन्टाइनमा ३९ जना, १३७ जना फर्किए

२३ चैत, वीरगञ्ज । पर्सामा १३७ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् । जिल्लाका विभिन्न पालिकाले बनाएको क्वारेन्टाइनमा बसेर उनीहरु फर्किएका हुन् ।

कोरोना भाइरस संक्रमण फैलिएका ठाउँबाट आएका व्यक्तिमा संक्रमण भए नभएको यकिन गर्न वीरगञ्ज महानगरपालिकासहित १० वटा स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेका छन् ।

वीरगञ्ज महानगरपालिकामा सिद्धार्थ मावि र केडिया डेन्टल अस्पतालमा ५०/५० बेड गरी सय बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।

त्यस्तै, विन्दबासिनीमा २५ बेड, पोखरियामा २० बेड, छिपहरमाई गाउँपालिकामा १५ बेड, पर्सागढी नगरपालिका, धोविनी, पकाहामैनपुर, पटेवासुगौली, सखुवाप्रसौनी गाउँपालिकामा १०/१० बेड र कालिकामाई गाउँपालिका ८ बेडको क्वारेन्टाइन छ । ती क्वारेन्टाइनमा हाल संक्रमित मुलुकबाट आएका ३९ जनालाई राखिएको छ ।

बहुदरमाई नगरपालिका, जगरनाथपुर, जिराभवानी र ठोरी गाउँपालिकाले भने क्वारेन्टाइन बनाएका छैनन् ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लाका ११ वटा स्थानीय तहले २ सय १८ बेड क्वारेन्टाइन स्थापना गरेको र सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

‘जिल्लामा २१८ बेड क्वारेन्टाइन छ, संक्रमित मुलुकबाट आएका ३९ जनालाई राखिएको छ । १३७ जना क्वारेन्टाइनमा बसेर फिर्ता भइसकेका छन्,’ उनले भने, ‘ सबै पालिकाले भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको तथ्याङक पनि राखेका छन् ।’

पर्सामा भारतलगायत विदेशबाट आउनेहरुको तथ्याङ्क संकलन गरिएको छ । १४ वटै गाउँपालिकाले प्रशासनलाई बुझाएको रिपोर्टमा ३१६ जना भारत तथा तेस्रो मुलुकबाट आएको उल्लेख छ ।

वीरगञ्जमा ६४, ठोरीमा ४८, जिराभवनीमा ३१, बहुदरमाईमा २७, कालिकामाई र विन्दवासिनीमा १५/१५, छिपहरमाईमा १८, जगरनाथपुरमा २१, धोविनीमा १३, पकाहामैनपुरमा ११, पटेर्वासुगौलीमा १०, पर्सागढीमा १९, पोखरियामा ११, सखुवाप्रसौनीमा १३ जना बाहिरबाट मानिसहरु बाहिरबाट आएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment