 
																			२४ चैत, काठमाडौं । जर्मनीमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार जर्मनीमा समग्र संक्रमितको संख्या एक लाख १२३ पुगेको छ ।
अहिलेसम्म जर्मनीमा एक हजार ५८४ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । साथै २८ हजार सात सय संक्रमित निको भएका छन् ।
आइतबार मात्र जर्मनीमा चार हजारभन्दा धेरै संक्रमित थपिएका थिए भने १४० जनाको यो भाइरसको कारण मृत्यु भएको थियो ।
चीनको वुहानबाट फैलिएको यो भाइरसको महामारी अहिले अमेरिका र यूरोपेली मुलुकमा फैलिएको छ । जर्मनी भाइरसबाट प्रभावित हुने चौथो सबैभन्दा ठूलो मुलुक हो ।
कोरोनाबाट सबैभन्दा प्रभावित हुने मुलुकमा अमेरिका, स्पेन र इटालीपछि जर्मनी छ । तर, जर्मनीमा यो भाइरसबाट हुने मृत्युदर भने अन्य मुलुकको तुलनामा कम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4