+
+
Shares

विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान

रासस रासस
२०७६ चैत २४ गते ११:१२

२४ चैत, काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ ।

उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरू समस्यामा पर्न थालेपछि इक्यानले त्यस्ता विद्यार्थीलाई सहयोग गर्न ‘इक्यान कोभिड–१९ आपतकालीन रजिष्ट्रेसन फारम’ को सुरुवात गरेको हो ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार, विद्यार्थीलाई आइपर्ने समस्या समाधानका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सम्बन्धित देशका दूतावास, गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालस्थित परामर्श सङ्घहरु, सम्बन्धित देशका परामर्श सङ्घ, कन्सलटेन्सी तथा विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी सहयोग गरिनेछ ।

यसअघि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीलाई बढीमा ५०० अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्था भइसकेको छ । सो रकम बढाउन पनि इक्यानले माग गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?