Comments Add Comment

भर्चुअल नाट्य महोत्सवमा सोमबार गुरुकुलको ‘एल्ममुनिको तिर्खा’ देखाइने

थिएटर मलको आयोजनामा भर्चुअल नाट्य महोत्सव चलिरहेको छ । लकडाउनको समयमा थघुमा नै थुनिएर बस्नु परेका दर्शकलाई लक्षित गर्दै भर्चुअल नाट्य महोत्सव सुरु गरिएको थियो ।

‘क्वारेन्टाइन अभियनन नाट्य महोत्सव’ नाम दिइएको यस महोत्सवमा विभिन्न नाटकहरु देखाइएको छ । हरेक दिन साँझ ५ बजे फेसबुक लाइभमार्फत् दर्शकहरुले नाटक हेर्न सक्नेछन् ।

यसै अन्तर्गत् आज सोमबार नाटक ‘एल्ममुनिको तिर्खा’ देखाइएने भएको छ । गुरुकुलले तयार गरेको यस नाटक गुरुकुल भत्किनु पूर्व देखाइएको थियो । यस नाटक पहिले र अहिलेका दर्शकलाई विशेष हुन सक्ने भन्दै यस नाटक देखाउन लागिएको महोत्सवका निर्देशक केदार श्रेष्ठले बताए ।

नाटक एल्ममुनिको तिर्खालाई डेबोरा मेरोलाले निर्देशन गरेकी छिन् । युजिन ओनिलले लेखेको यस नाटकलाई बलबहादुर थापाले नेपाली अनुवाद गरेका हुन् ।

नाटकमा अहिले चलचित्र क्षेत्रमा निकै रुचाइएका र व्यस्त बनेका कलाकार विपिन कार्कीले अभिनय गरेका छन् । नाटकमा विपिनसँगै कमलमणि नेपाल, सरस्वती चौधरी, भोलाराज सापकोटा, प्रवीण खतिवडा, अरुणा कार्कीलगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment