Comments Add Comment

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

२४ चैत, चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बेलसार मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमणमा उनको ज्यान गएको हो ।

ज्यान जानेमा भरतपुर महानगरपालिका–२२, बोटे टोलका ४० वर्षीय पूर्णबहादुर कुमाल रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए ।

कुमाल निउरो टिप्न वन गएका थिए । उनको शव अहिले घटनास्थलमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment