
२४ चैत, हेटौंडा । मकवानपुरको हेटौंडास्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा विदेशबाट आएका ११ जनासहित १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
वार्डका डाक्टर हरी खड्काका अनुसार हेटौंडा ४ स्थित श्रमिक माबिमा स्थापना गरिएको आइसोलेसन वार्डमा भर्ना भएका सबैको स्वाब परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणको आशंकामा आज परीक्षण गरिएका आठ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
अस्पतालले ४ वटा आईसीयूसहित ३० बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4